दफा १६
प्रयोग गर्दा पालना गर्नु पर्ने शर्त
तेजाब वा अन्य घातक रासायनिक पदार्थ प्रयोग गर्ने व्यक्तिले देहायका शर्त पालना गर्नु वा गराउनु पर्नेछः-
(क) तेजाब वा अन्य घातक रासायनिक पदार्थ प्रयोग गर्दा ग्लोब, पञ्जा, मास्क तथा अन्य सुरक्षा उपकरणको प्रयोग गर्नु पर्ने,
(ख) तेजाब वा अन्य घातक रासायनिक पदार्थ प्रयोग गर्न निर्धारण गरिएको प्रयोग विधि तथा मापदण्डको पालना गर्नु पर्ने,
(ग) जुन प्रयोजनको लागि खरिद गरेको हो सो बाहेक अन्य प्रयोजनको लागि प्रयोग गर्न नहुने,
(घ) प्रयोग गरी बाँकी रहेको तेजाब वा अन्य घातक रासायनिक पदार्थ सुरक्षित रुपमा भण्डारण गर्नु पर्ने ।